हेटौंडामा विपन्न परिवारलाई खाद्यान्न वितरण

तामसालिङ खबर
२६ जेष्ठ २०७७, सोमबार १८:३२

जेठ २६, हेटौडा – स्वास्थ्य क्षेत्रमा क्रियाशिल संस्था हिमाल मुटु नेपाल काठमाडौंले हेटौंडा उपमहानगरपालिका १५ स्थित चुरियामाईको चेपाङ तथा विपन्न ५५ परिवारलाई खाद्यान्न सामाग्री सहयोग गरेको छ ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा हेटौंडा १५ का सयफुट, बंगेरी, सानुसुकौली, रातोमाटे, चुरियामाईका ५५ घरपरिवार चेपाङ तथा विपन्न परिवारलाई खाद्य सामाग्री वितरण गरिएको हो ।

हिमाल मुटु नेपालले साँढे १२ किलो चामल, तेल, दाल, नुन, हर्लिक्स, गेडागुडी लगायत ११ प्रकारका खाद्य सामाग्रीहरु चेपाङ तथा विपन्न परिवारलाई हस्तान्तरण गरेको थियो ।

लकडाउनबाट दैनिक ज्यालादारी गरी गुजारा गर्ने तल्लो तहका नागरिक र तिनका परिवार सबैभन्दा पीडित हुने र दैनिक हातमुख जोर्न नै कठिन हुने अवस्था सिर्जना भएकोले यस क्षेत्रका चेपाङ तथा विपन्न परिवारहरूलाई खाद्यान्न वितरण गरिएको तथा आगामी दिनहरूमा समेत स्थानीय तह सँगको सहकार्यमा सहयोगको कार्यलाई निरन्तरता दिने संस्थाका अध्यक्ष डा. अभन गौतमले बताउनुभयो ।

संस्थाले यसअघि हेटौंडा उपमहानगरपालिकाको ६ वटा वडाहरुमा लकडाउनमा दैनिक ज्यालादारी गरी छाक टार्नुपर्ने परिवारहरुलाई खाद्यान्न सामाग्री वितरण गरिसकेको संस्थाले जनाएको छ ।

खाद्य सामाग्री हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस हेटौंडा उपमहानगरका सभापति आनन्दराम पराजुली, हेटौंडा १५ का वडा अध्यक्ष महारत्न लामा, संस्थाकी सचिव डा. रिया शर्मा, गौतम समाज मकवानपुरका अध्यक्ष राजु गौतम, नेविसंघ नेता मिलन पुडासैनी, कांग्रेसका नेता गोविन्द भ्लोन, हरि मोक्तान, हेटौंडा १५ की वडा सदस्य कुमारी श्रेष्ठ, नगर कार्यपालिका सदस्य पातलीमाया गोम्बा वन महासंघका नगर उपाध्यक्ष मिनबहादुर घलान लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*