आफ्नै ज्वाईद्वारा मकवानपुर गढीमा सासुको हत्या

तामसालिङ खबर
२९ जेष्ठ २०७७, बिहीबार ११:२१

जेठ २९, हेटौडा – मकवानपुरको मकवानपुर गढी गाउपालिकामा एक बृद्धको टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ ।

मकवानपुरगढी गाउँपालिका वडा नम्बर १ का ७२ बर्षकी कान्छीमाया भोम्जनको टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।

हत्या गरेको आरोपमा कान्छीमायाको आफ्नै ज्वाईं ३९ वर्षीय पदम बहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पश्चात नेपालीलाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*