कलाकार थाेकरकाे समन्वयमा रोशीमा खाद्यान्न वितरण

तामसालिङ खबर
३१ जेष्ठ २०७७, शनिबार १७:५३

जेठ, काभ्रे – तामाङ कलाकार सघको अध्यक्ष समेत रहेका कलाकार विकु थाेकरकाे पहलमा रोशी गाउँपालिकामा खाद्यान्न वितरण गरिएको छ । गाउपालिकाको वडा नम्बर ६, ७ र ८ का बिपन्न, असहाय, असक्त, एकल महिला, वृद्ध गरि ६३ घर परिवारलाई खाध्यान्न लगायतकाे सामाग्री उपलब्ध गराईएकाे हो ।

काेराेनाकाे कारण भएकाेे लकडाउनले दैनिक जिवनमा पर्न गएकाे समस्यालाई ध्यानमा राखेर खाद्यान्न सामग्री हस्तान्तरण गरिएकाे कलाकार थाेकरले जानकारि दिए । वितरण गरिएकाे खाद्यान्न सामाग्रीमा प्रति परिवार १ बोरा चामल, ४ केजि दाल,१ केजि मस्याैरा,२ केजि नुन, १ लिटर तेल रहेकाे छ ।

सामग्री संकलनको युवा ब्यबसायी तथा समाजसेबी रोशन थोकर, सुदिन दोङ, राष्ट्रिय खेलाडी सागर घिसिङ, सरोज तामाङ, हरि श्रेष्ठ, बिबेक थोकर लगाएतले सहयाेग उपलब्ध गराएकाे थाेकरले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*