चौरजहारी घटना – ३४ जनाविरुद्ध कर्तव्य ज्यान कसुरमा मुद्दा दर्ता

तामसालिङ खबर
३२ जेष्ठ २०७७, आईतवार १२:०२

जेठ ३२, रुकुम पश्चिम – चौरजहारी नगरपालिकाको सोती गाउँमा छ जनाको ज्यान जाने गरी भएको घटनाका आरोपित ३४ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

जेठ १० गते भएको उक्त घटनाका आरोपितविरुद्ध आइतबार जिल्ला अदालत रुकुम पश्चिममा अभियोग दर्ता भएको हो । जिल्ला प्रहरी कार्यालले घटनाको अनुसन्धान सकाएर सरकारी वकिल कार्यालयमार्फत अभियोग दर्ता गराएको हो ।

अदालतका श्रेस्तेदार कृतबहादुर बोहराका अनुसार उक्त घटनामा ३४ जनाबिरुद्ध विभिन्न चारवटा कसुरहरु दर्ता भएका छन । ३४ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुत तथा भेदभाव कसुरमा अभियोग दर्ता गरिएको छ भने एकजनालाई उक्त कसुरको मतियार अभियोग लगाइएको छ ।

अभियोग दर्ता गरिएकामध्ये २९ जना पक्राउ परिसकेका छन भने पाँचजना फरार छन् । उनीहरुलाई सोमबारदेखि वयान लिने काम सुरु हुने श्रेस्तेदार बोहराले बताए । उक्त घटनामा अभियोग दर्ता भएका दुईजना बालबालिका समेत छन् ।

अन्तरजीय प्रेम विवाहको विषयमा घटेको भनिएको उक्त घटनामा प्रतिवादी डम्मरबहादुर मल्लसहित भगाएर लिन खोजिएकी नवराज विककी प्रेमिका भनिएकी किशोरी, उनका आफन्त र स्थानीयहरु रहेका छन । उनीहरुलाई जन्मकैददेखि आजीबन सजाय सम्मको माग गरिएको छ ।

उक्त घटनामा केटी भगाउन भनेर जाजरकोटबाट रुकुम चौरजहारी सोती आएका नवराज विकसहितका ६ जनाको ज्यान गएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*