मनहरीको प्रगतिशील टोल बिकास महिला संस्थाद्वारा राहत बितरण
जेठ ३१, हेटौडा (मनहरी) – मकवानपुरको मनहरी गाउपलिका ९ ज्यामिरे स्थित अति बिपन्न परिवारलाई राहत बितरण गरिएको छ ।
समाजसेवी अनिता स्याङबो र दिपक पुलामिको संयोजनमा प्रगतिशिल टोल बिकास महिला संस्थाको सहयोगमा सो ठाउमा रहेको गरिबी र अति बिपन्न परिवारलाई राहत बितरण गरिएको समाजसेवी स्याङबोले बताईन ।
अति नै दयनीय अबस्थामा रहेका बगरस्थित बसोबास गर्ने रितु स्याङतानलाई समेत प्रगतिशिल टोल बिकास महिला संस्थाकी अध्यक्ष अप्सरा ढुंगानाको नेतृत्वमा महिला दिदिबहिनी पुगेर लत्ताकपडा आर्थिक र खाद्यान्न सहयोग गरेका थिए ।
त्यस्तै, दयनीय अबस्थामा रहेका आमा बुवा ,दिदिबहिनीको आँखाभरी आँसुले भरिएको अबस्थामा सहयोग गरिएको र सहयोग गर्न पाउँदा खुशी लागेको स्याङबोले बताइन् ।






