बागमती प्रदेश सरकारको १३ जिल्लामै डाइलासिस सेवा शुरु गर्ने

तामसालिङ खबर
२ असार २०७७, मंगलवार ०९:१८

असार २, हेटौंडा – बागमती प्रदेश सरकारले १३ वटै जिल्लामा डाइलासिस सेवा सञ्चालन गर्ने गरि बजेट समेत ल्याएको छ ।

आम नागरिकको पहुच पुर्याऊन हाल प्रदेश अस्पताल नभएका जिल्लाहरु मध्ये दोलखाको चरिकोट, काभ्रेको मथिनकोट, ललीतपुरको बज्र बाराही र चितवनको रत्ननगर अस्पताललाई प्रदेश अस्पतालमा स्तरोन्नति गरि सबै जिल्लाका अस्पतालको सेवा बिस्तार गर्ने बागमती प्रदेशका आर्थिक मामिला तथा योजान मन्त्री कैलाश प्रसाद ढुंगेलले वताउनुभयो ।

प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय अन्तरगत क्यान्सर पिडीतलाई नेपाल सरकारले दिदैं अएको १ लाख रुपैयाँ सहायतामा ५० हजार रुपैयाँ थप गर्ने घोषणा समेत गरेको छ । सबै जिल्लामा डाइलासिस सेवा सन्चालन गर्ने गरी बजेट ल्याएको छ ।

बागमती प्रदेशका सबै ६६ निर्वाचन क्षेत्रमानै स्वास्थ्य सेवा उपलब्ध गराऊन स्थानीय तहका थप २१ ओटा स्वास्थ्य सस्थाबाट अस्पताल सेवा संचालन गर्ने मन्त्री ढुंगेलले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*