बेइजिङमा कोरोनाको संक्रमण खतरा बढ्यो
असार, एजेन्सी – कोरोना भाइरस संक्रमणको उद्गम मुलुक चीनमा पुनः संक्रमण प्रकोप बढेसंगै थुप्रै प्रतिबन्धात्मक ब्यवस्थाहरु लागु गरिएका छन ।
राजधानी शहर बेइजिङमा विद्यालयहरु बन्द गरिएका छन । विभिन्न स्थानमा स्वास्थ्य चौकी स्थापना गरिएका छन । कोरोना भाइरसको दोस्रो चरणको संक्रमण जोखिम बढेको भन्दै सर्वसाधारणलाई परीक्षणका लागि आग्रह गरिएको छ ।
खेल र मनोरञ्जन स्थलहरु पूर्ण रुपमा बन्द गरिएका छन । यहाँका ब्यापारिक स्थल र सरकारी कार्यालयहरुमा पनि कडाइ गरिएको छ । बजार र कार्यालय प्रवेश गर्दा तापक्रम नाप्न थालिएको छ ।
बेइजिङस्थित झिनफडी होलसेल बजारबाट कोरोना संक्रमण सुरु भएको बताइएको छ । यो होलसेल बजारका जनरल म्यानेजर र कैयौं स्थानीय अधिकारीहरुलाई बर्खास्त गरिएको छ भने सावधानिका उपायहरु कडाइका साथ लागु गर्न निर्देशन दिईएको बिबिसीले जनाएको छ ।






