नेपाल प्रहरीको ३६ जना एसपीको सरुवा

तामसालिङ खबर
२ असार २०७७, मंगलवार १४:१२

असार, काठमाडौं – प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ३६ जना प्रहरी उपरीक्षक(एसपी)हरुको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले सोमबार राती ३६ जना एसपीको सरुवा गरेको हो ।

एसपी अरुण पौडेल, तनहुँ, ओमबहादुर राना, बाँके, गोविन्द अधिकारी धनकुटा, जनकराज पाण्डेय डोटी, जीवनकुमार श्रेष्ठ कास्की, टिकाबहादुर विष्ट महोत्तरी, तारादेबी थापा भक्तपुर र दिपक रेग्मीले पूर्वी नवलपरासीको इन्चार्जको जिम्मेवारी पाएका छन् ।

सरुवा अनुसार दिपक खरेल पाल्पा, नवीनराज राई ईलाम, भीमबहादुर दाहाल, उदयपुर, राजेन्द्रप्रसाद भट्ट सुर्खेत, सन्तोष खड्का मोरङ, सुरेन्द्रबहादुर गुरुङ गोरखाको इन्चार्ज बनेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*