गुम्बा विकास समितिको निर्देशकमा दोङ नियुक्त
असार, काठमाण्डौ – बौद्ध दर्शन प्रबर्द्धन तथा गुम्बा विकास समितिको कार्यकारी निर्देशकमा होमबहादुर दोङ नियुक्त भएको छ । उनलाई मन्त्रिपरिषदको बैठकले बुधबार नियुक्त गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार अन्तर्गत विभागीय समितिहरुको खाली रहेको पदपूर्ति गरिदै लैजानुपर्ने उद्घोष गरेसँगै समितिको खाली रहेको पदमा उनलाई नियुक्ति गरेका हुन् । दुप्चेश्वर गाउँपालिका- ५ नुवाकोट साविक बालकुमारी- २ का होमबहादुर दोङ स्वर्गीय बुबा मानबहादुर तामाङ र आमा धनलक्ष्मी तामाङका सुपुत्र हुन् । उनी एक कानूनी व्यवसायी हुन् ।
नेपाल बास्केटबल संघ २०६५ मा केन्द्रीय सदस्य, २०७० मा सचिव र ०७१/०७२मा महासचिव भएका हुन् । हाल संघको उपाध्यय छन् । यसैगरी २०७६ देखि हालसम्म नेपाल ओलम्पिक कमिटीका सदस्य रहेका छन् । दोङ २०५७ मा नेपाल ल क्याम्पसका स्ववियु सभापति भएका थिए ।
समितिको सदस्य सचिवमा नरेन्द्रकुमार गुरुङले तीन पटक कार्यभार सम्हालेका छन् भने ङिमातेण्डुप शेर्पाले दुई पटक कार्यभार सम्हालेका छन् ।






