डब्लूएचओ भन्छ: विश्वमा एकदिनमा थपिए अहिलेसम्मकै बढी संक्रमित

तामसालिङ खबर
८ असार २०७७, सोमबार ११:२९

असार ८, एजेन्सी – विश्व स्वास्थ्य संगठनले २४ घण्टामा हाल सम्मकै उच्च संख्यामा कोरोना संक्रमित फेला परेको जनाएको छ । संगठनले बितेका २४ घण्टामा एक लाख ८३ हजार २० नयाँ संक्रमित फेला परेको जनाएको छ । यसमा ६० प्रतिशत संक्रमित दक्षिण अमेरिकाबाट भएको उसको भनाइ छ ।

विश्वका थुप्रै मुलुकले लकडाउनलाई खुकुलो पार्दे गएको सन्दर्भमा यो तथ्यांक सार्वजनिक भएको हो । यसअघि जुन १८ मा सबैभन्दा धेरै संक्रमित फेला परेका थिए । सो दिन १ लाख ८१ हजार २ सय ३२ संक्रमित पुष्टि भएका थिए ।

हाल विश्वमा सबैभन्दा धेरै संक्रमित अमेरिकामा फेला परेका छन् । त्यहाँ २२ लाख ७९ हजार जनामा संक्रमण पुष्टि भइसकेको छ । अमेरिकापछि सर्वाधिक संक्रमित ब्राजिलमा रहेका छन् । हाल सम्म ११ लाख बढी संक्रमित फेला परेको ब्राजिलमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५० नाघिसकेको छ ।

पछिल्लो विश्व विवरण अनुसार विश्वमा कोरोना संक्रमितको संख्या ८९ लाख भन्दा बढी भइसकेको छ । त्यस्तै, कोरोनाका कारण विश्वभर ४ लाख ६७ हजार बढी मानिसको मृत्यु भइसकेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*