विश्वभर ४ लाख ७४ हजार बढी कोरोनाबाट मृत्यु

तामसालिङ खबर
९ असार २०७७, मंगलवार १०:०७

असार, काठमाडौं – विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ७४ हजार नाघेको छ । ४ लाख ७४ हजार ३ सय ३९ जनाको मृत्यु भएको छ ।

त्यस्तै, ९१ लाख ८७ हजार ८ सय ६१ जना कोरोनाको सङ्क्रमण पुष्टि भएका छन् । संक्रमित मध्ये ४९ लाख ३७ हजार २ सय ७७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । संक्रमित मध्ये ३७ लाख ७६ हजार २ सय ४५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ५७ हजार ८ सय भन्दाबढीको अवस्था गम्भिर रहेको वल्डोमिटर्समा उल्लेख छ ।

यस्तै, कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा १ लाख २२ हजार १ सय १० जनाको मृत्यु भएको छ । २३ लाख ८८ हजार १ सय ५३ जना संक्रमित भएका छन् । जसमध्ये १० लाख २ हजार भन्दा बढी कोरोनामुक्त भएका छन् ।

ब्राजिलमा कोरोना संक्रमणका ११ लाख ११ हजार बढी संक्रमित छन् भने ५१ हजारभन्दाबढीेको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*