राक्सिराङको बजेट ५१ करोड १५ लाख (पूर्णपाठ सहित)
असार, हेटौडा (राक्सिराङ) – पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७७/७८ को लागि कूल ५१ करोड १५ लाख, २० हजार २ सय ७७ रुपैँयाको अनुमानित बजेट सार्वजनिक गरेको छ ।
बुधबार आयोजित सातौ गाँऊ सभामा गाउपालिकाका उपाध्यक्ष निर्मला हिमडुङ्गले ५१ करोड १५ लाख २० हजार बराबरको प्रस्तावित बजेट सार्वजनिक गरेकी हुन । बजेटले गाउँपालिकाको आन्तरिक राजस्व आम्दानी ३ करोड ३२ लाख हुने अनुमान गरेको छ भने चालु बर्षको ३ करोड मौज्दात रहने जनाएको छ ।
नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने बजेट सहित गाउपालिकाले प्रस्तावित बजेट प्रस्तुत गरेका हुन । गाउपालिकाले अगामी बर्ष चालु खर्च तर्फ २९ करोड ९२ लाख र पुजीँगत खर्चतर्फ २१ करोड ३८ लाख खर्च हुने अनुमान गरेको छ ।
गाउँपालिकाले आगामी आवमा कृषि, खानेपानी, सडक पूर्वाधार, ग्रामिण विद्युतिकरण, शिक्षा, स्वास्थ्य, रोजगार र पर्यटनलगायतका क्षेत्रमा प्राथमिकता निर्धारण गरी बजेट प्रस्ताव गरेको छ ।
नीति तथा कार्यक्रम र बजेट बक्तब्य हेर्नुहोस –
[pdf-embedder url=”https://www.tamsalingkhabar.com/wp-content/uploads/2020/06/बजेट-वक्तव्य-२०७७-०७८-raksirang.pdf” title=”बजेट वक्तव्य-२०७७-०७८ raksirang”]






