राप्ती नगर ११ का वडाअध्यक्ष तामाङको निधन

तामसालिङ खबर
११ असार २०७७, बिहीबार १०:४९

असार, चितवन – चितवनको राप्ती नगरपालिका वडा नं. ११ का अध्यक्ष हितबहादुर तामाङ्को निधन भएको छ । मकवानपुरको भिमफेदीमा उपचारको क्रममा बुधबार दिउँसो उनको निधन भएको नगर कार्यापालिका सदस्य दिलकुमारी थिङ्ले बताइन । उनी लामो समयदेखी कलेजो तथा जन्डिस रोगको उपचार गराइरहेका थिए ।

लामो समय चितवन मेडिकल कलेजमा उपचार गराएका उनलाई केहि दिनअघि आयुर्वेदिक उपचारका लागि मकवानपुरको भिमफेदी लगिएको थियो । उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालिन नेकपा एमालेका तर्फबाट निर्वाचित भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*