मनहरीको सिम्पानीमा बुद्ध प्रतिमा निर्माण हुने
असार हेटौडा (मनहरी) – पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ८ सिम्पानीमा रहेको टासी छ्योइलिङ फुल्छ्यो गुम्बाको परिसरमा बुद्धको प्रतिमा निर्माण हुने भएको छ । मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बुद्धको प्रतिमा निर्माण कार्यको लागि शिलान्यास गरेका छन् ।
बुद्धप्रतिमा निर्माणको लागि साँढे ४ करोड लगानी अनुमान गरीएकोमा गाउँपालिकाले चालु आर्थिक वर्षमा करिब २० लाख बजेट विनियोजन गरी उपभोक्ता समिति मार्फत निर्माणको काम अघि बढाएको गाउँपालिकाका अध्यक्ष उप्रेतीले बताउनु भयो ।
करिब ४ हेक्टर क्षेत्रफल रहेको उक्त क्षेत्रमा गुम्बा, बुद्धप्रतिमा, बगैँचा, बिश्राम स्थल निर्माण गरी पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्ने लक्ष्य रहेको अध्यक्ष उप्रेतीले बताए ।






