नेपालमा भारतीय सवारीसाधन निर्वाध आवत-जावत रोक्न समितिको निर्देशन

तामसालिङ खबर
१२ असार २०७७, शुक्रबार ०६:५७

असार, काठमाडौं – संसदको विकास तथा प्रविधि समितिले नेपालमा भारतीय सवारी साधनहरुको निर्वाध आवत जावत रोक्न निर्देशन दिएको छ । बिहिबार बसेको समिति बैठकले नेपाली भूमिमा भारतीय सवारी साधनहरु निर्वाध रुपमा आवत जावत र प्रयोगलाई नियमन गर्न निर्देशन दिएको हो ।

‘भारतीय सवारी साधनहरुको निर्वाध आवत जावत र प्रयोगलाई नियमन गर्न समिति नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देश गर्दछ’, समितिले भनेको छ ।

समितिको बैठकमा कैलालीका सांसद गौरी शंकर चौधरीले नेपाली भूमिमा भारतीय गाडीहरु निर्वाध रुपमा आवत जावत गरिरहेको र त्यसलाई तत्काल नियमन गर्नुपर्ने धारणा राखेका थिए ।

‘दुई चार सय दस्तुर तिरेर भारतीय गाडीहरु निर्वाध रुपमा महिनौंसम्म नेपालमा गुडिरहेका छन्, अब त्यसलाई तत्कालै रोक्नुपर्छ, नियमन गर्नुपर्छ’, सांसद चौधरीले भनेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*