कैलाश गाउपालिकामा नीति तथा कार्यक्रम र बजेट बहुमतले पास

तामसालिङ खबर
१४ असार २०७७, आईतवार १९:३४

असार, हेटौडा (कैलाश) – मकवानपुरको कैलाश गाउँपालिकाको गाउँसभामा पेस गरिएको नीति तथा कार्यक्रम स्वीकृति सँगै योजना तर्जुमा र बजेट बिनियोजन कार्य सम्पन्न भएको छ । कैलाश गाउँपालिले आर्थिक बर्ष २०७७/७८ का लागि ४३ करोड ७२ लाख ५९ हजार ७ सय ४० रुपियाँको बजेट तर्जुमा गरी पारित गरेको हो ।

असार १० गते सुरु भएको गाउँसभा असार १५ गते नै सकिएको कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानले जानकारी दिनुभयो । नीति तथा कार्यक्रम पारित भएपछि बिषयगत समितिहरुको बैठक, योजना तर्जुमा समितिको बैठक र कार्यपालिकाको बैठक बसेर गाउँसभामार्फत उल्लेखित समितिले दिएका सुझावहरुको कार्यान्वय गरी पारित गरिएको अध्यक्ष मुक्तानले बताउनुभयो ।

मकवानपुरका ८ वटा गाउँपालिकामध्ये आगामी आर्थिक बर्षका लागि प्रस्तुत बजेट, नीति कार्यक्रम पारित गर्ने पहिलो गाउँपालिकाको रुपमा कैलाश गाउँपालिकाले नाम दर्ज गरेको छ । १० स्थानीय तहमध्ये यसअघि हेटौँडा उपमहानगरपालिकाले पनि नगर सभा सम्पन्न गरिसकेको जनाएको छ ।

गएको जेठ १५ गते सोलार सिस्टममा आगलागी भई गाउँपालिकाको प्रशासनिक भवन जलेर नष्ट भएपछि विद्यालयमा कार्यालय सञ्चालन गरिएको अबस्था छ । नीति कार्यक्रम तथा बजेट पारित भएपछि अब नयाँ आर्थिक बर्षको सुरुदेखि नै धमाधम काम सुचारु हुने अध्यक्ष मुक्तानले जानकारी दिनुभयो । manaharilive.com

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*