ब्राजिलका राष्ट्रपतिलाई कोरोना संक्रमण पुष्टी

तामसालिङ खबर
२४ असार २०७७, बुधबार ११:५६

असार, एजेन्सी – ब्राजिलका राष्ट्रपति जैर बोलसोनारोलाई कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । उनलाई उच्च ज्वरो र कोरानाका अन्य लक्षण देखिएपछि गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको ’द गार्डियन’ ले जनाएको छ ।

सोमबार उनको चौथो पटकको परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । बोलसोनारो कोरोनाको जोखिमप्रति बेवास्ता गर्दै आएका थिए । उनले कोरोनालाई ’सामान्य फ्लू’ भन्दै लकडाउनको विरोध पनि गरेका थिए ।

लकडाउनले देशको अर्थतन्त्रमा गम्भीर असर पर्ने भन्दै उनले प्रान्तीय गभर्नरहरूलाई लकडाउन खुकुलो पार्न अपील गरेका थिए । गार्डियनका अनुसार पहिले उनी मास्क नलगाई सार्वजनिक कार्यक्रममा सहभागी हुन्थे ।

केही दिनअघि ब्राजिलका विदेशमन्त्रीले सामाजिक सञ्जालमा राखेको एक फोटोमा राष्ट्रपति बोलसोनारो र अरू नेता बिना मास्क देखिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*