मकवानपुरगढीमा उर्वर समाज गठन

तामसालिङ खबर
२३ असार २०७७, मंगलवार १९:१२

असार, हेटौंडा – मकवानपुरगढी गाउँपालिकामा स्थानिय युवाहरु उर्वर समाज मकवानपुरगढी गठन गरी गाउ बनाउने अभियानमा लागेका छन् ।

‘आफ्नो गाउँ आफैं बनाउँ’ भन्ने सोचका साथ मकवानपुरगढी–५ भागरथीका युवाहरु संगठित भएका हुन् । अभियान अन्तर्गत् उर्वर समाजमा आवद्ध युवाहरुले मंगलबार भागरथी टोल सरसफाई गर्नुका साथै मन्दिरमा रंग लगाएका छन् ।

युवाहरु संगठित भएको उर्वर समाजका अध्यक्षमा सचितानन्द बञ्जाराको नेतृत्वमा गठित समाजको उपाध्यक्षमा विवेक चौलागाईं, सचिवमा उज्वल अधिकारी, सहसचिवमा सुनिल आचार्य, कोषाध्यक्षमा सन्तोष न्यौपाने (ज्याक) रहेका छन् ।

त्यस्तै सदस्यहरुमा उपार्जन पराजुली, सुरज घिमिरे, सन्तोष अधिकारी, शिव तिमल्सिना, तीतस मल्ल ठकुरी र अभिषेकराज न्यौपाने चयन भएका   छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*