काठमाण्डौंमा चक्रपथ विस्तारमा ढिलाइ

तामसालिङ खबर
२५ असार २०७७, बिहीबार ०७:४०

असार, काठमाडौँ – विस्तारका लागि पूर्वतयारी समयमै नगरिँदा राजधानीको चक्रपथ विस्तारको दोस्रो चरणको काममा ढिलाइ भएको छ । विस्तारका लागि बिजुलीका पोल सार्ने तथा सडक क्षेत्रमा परेका संरचना हटाउने कार्य सकिएको छैन । त्यसैगरी महाराजगञ्ज क्षेत्रमा गर्नुपर्ने जग्गा अधिग्रहण हुन नसक्दा चक्रपथ विस्तार हुन नसकेको हो ।

सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले चक्रपथको कलङ्कीदेखि धोबीखोला पुलसम्म विस्तार गर्न दुई मुलुकबीच सबै प्रक्रिया पूरा भए पनि विस्तारका लागि नेपालतर्फको तयारी नसकिएकाले चिनियाँ प्राविधिक तथा कामदार नेपाल आउन नसकेको बताउनुभयो ।

सम्बद्ध अधिकारीहरूका अनुसार महाराजगञ्ज क्षेत्रमा घर भत्काउन र जग्गा अधिग्रहण कार्य दोस्रो चरणको चक्रपथ विस्तारको मुख्य समस्याका रूपमा देखिएको छ । चक्रपथको कलङ्कीदेखि महाराजगञ्ज हुुँदै धोबीखोला चाबहिल पुलसम्म विस्तार गर्न लागिएको हो । चक्रपथको यो खण्डको कुल लम्बाइ ११।६ किलोमिटर छ ।

कलङ्कीदेखि महाराजगञ्जसम्मको लम्बाइ ८।२ किलोमिटर र कलङ्कीदेखि कोटेश्वरसम्मको कुल लम्बाइ १७ किलोमिटर छ । गएको पुस १४ गते बसेको मन्त्रिपरिषद् बैठकले चक्रपथ विस्तारका लागि महाराजगञ्ज क्षेत्रमा सडक सीमाको दायाँबायाँ ३१र३१ मिटर जग्गा अधिग्रहण गर्ने निर्णय गरेको थियो । खबर आजको गोरखापत्र दैनिकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*