हेटौडामा भाटभटेनी सुपरमार्केट खुल्ने, बैशाखबाट सञ्चालनमा आउने
असार, हेटौँडा – बागमती प्रदेशको राजधानी हेटौंडामा भाटभटेनी सुपरमार्केट खुल्ने भएको छ । हेटौँडा वडा नम्बर २ चौकीटोलमा खुल्ने सुपरमार्केट अत्याधुनिक सुविधा सहित ८ तलाको हुने जनाईएको छ ।
भाटभटेनीका मालिक मीनबहादुर गुरुङले बुधबार भवनको सिलान्यास गरेका छन् । नेपालमा निकै चर्चित रहेको सुपरमार्केट आगामी बैशाखसम्म सञ्चालमा आईसक्ने उदेश्यले निर्मँण गरिने भाटभनेटी सुपरमार्केटका चिफ इन्जिनियर सूवर्ण डंगोलले जानकारी दिएको छ ।
भाटभटेनीले २ तल्लाको अण्डरग्राउण्ड पार्किङ सहित ८ तल्लो भवन निर्माण गर्नेछ । चौथो र पाँचौ तल्लामा दुईवटा मल्टिप्लेक्स सिनेमा हल सञ्चालनमा आउनेछ । आठ कठ्ठा १२ धुर जमिनमा खरिद गरेर भवन निर्माण थालेको भाटभटेनी सुपरमार्केटका डंगोलले जानकारी दिए ।
हेटौँडामा निर्माण हुने सुपरमार्केट उनीहरुको २० औँ शाखा समेत हो । यो समुहले काठमाडौं उपत्यकाभित्र ११ वटा सुपरमार्केट सञ्चालनमा ल्याएको छ भने देशको अन्य सात सहरमा समेत सेवा विस्तार गरेको छ ।






