सिन्धुपाल्चोकमा बाढीका कारण १८ जना बेपत्ता, दुई शव फेला

तामसालिङ खबर
२५ असार २०७७, बिहीबार ०९:३२

असार, सिन्धुपाल्चोकको – गए राति आएको भीषण बाढीले सिन्धुपाल्चोकको बाह्रबिसेमा १८ जना बेपत्ता भएका छन् भने २ शब फेला परेको छ ।

बाह्रबिसे नगरपालिकाकाका अनुसार राति ११ बजेबाट भोटेकोशी र ठाडोखोलामा आएको बाढीले ठूलो क्षति पुगेको र बिहान ५ बजेबाट हराएकाहरुको खोजी कार्य थालिएको छ । पहिरोमा जम्बु बजार निवासी २० वर्षिय निकेश बस्नेत र उनको ३ वर्षिय छोरीको शव फेला परेको छ ।

बाढीले खाटचौर भन्ने स्थानमा अरनिको राजमार्गको पक्की पुल समेत बगाएको छ भने बस्तीमा क्षति पु¥याएको छ । जम्बो भन्ने स्थानमा आएको बाढीले ८ भन्दा बढी घर बगाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*