अपडेट – बाह्रबिसे बाढीमा बेपत्ता हुनेहरुको पहिचान खुल्यो (नामावली सहित)
असार, सिन्धुपाल्चोक – बाह्रबिसेमा आएको बाढीमा परी बेपत्ता भएकाको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बाह्रबिसे नगरपालिकाका १६ जना र भोटेकोशी गाउँपालिकाका चार जना बेपत्ता भएका छन् ।
बाह्रबिसे नगरपालिकाको अनुसार बेपत्ता हुनेहरुमा भीमबहादुर वाइबा, चिनीमाया वाइबा, लीलामाया वाइबा, पासाङडोल्मा वाइबा, निमाडोल्मा वाइबा, लक्ष्मण वाइबा, सुनमाया वाइबा, जनकबहादुर वाइबा, सविना तामाङ, हिमेश शर्मा, आकाश तामाङ, आकाश केसी, तोकबहादुर तामाङ, युक्तकुमार तामाङ, सुवेस तामाङ, सलिना तामाङ र एक चिनिया नागरिक रहेका छन् ।
यसैगरी भोटेकोशी गाउँपालिकाका निमादोर्जे तामाङ, मञ्जु तामाङ, पासाङ नोर्बु तामाङ र सहिल तामाङ छन् । निकेश बस्नेत र उनकी तीन वर्षीया छोरी नियोन बस्नेतको शव फेला परिसकेको छ ।
घाइतेहरुमा जम्बु तर्फका सुवेस तामाङ, बुट्टीमाया तामाङ, सबिना तामाङ, नयापुल तर्फका फुर्वा तमाङ, पेमा तमाङ र उनको ७ दिनको छोरी रहेका छन् ।
सोही बाढीले बाह्रबिसे र भोटेकोशी गरी ३५ घर पूर्ण क्षति भएका छन् । भने मध्य भोटेकोशीको निर्माणाधिन हाइड्रोपावरको पावर हाउस डुवान, हाइड्रोमेकानीकल समान डुवान र क्षति भएको प्रहरीले जनाएका छन् ।






