लमजुङमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु, तीन घाइते

तामसालिङ खबर
२६ असार २०७७, शुक्रबार ०८:०५

असार, बेसीशहर – लमजुङमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बेसीसहर नगरपालिका ७ सातबीसेमा बिहीबार राति १२ बजे पहिरोले घर पुरिँदा ३२ वर्षीय दीपक तामाङ, उनकी पत्नी २५ वर्षीया बिमायाँ तामाङ र नौ वर्षीय छोरा छेवाङ तामाङको मृत्यु भएको लमजुङ प्रहरीले जनाएको छ ।

ुराति घटनास्थलमा पुगेको प्रहरी टोलीले पहिरोबाट तीनैजनालाई निकालेर जिल्ला अस्पताल पुर्याएको थियो । अस्पताल पुर्याउना साथ डाक्टरले तीनै जनालाई मृत घोषणा गरेको थिए ।

घटनामा घाइते हुनेमा सन्तबहादुर गुरुङ, अनिल गुरुङ र सुमने गुरुङ रहेको लमजुङका प्रहरी प्रमुख गंगाबहादुर थापाले जानकारी दिए । उनीहरुको लमजुङको सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*