भारतीय सञ्चारमाध्यमले नेपाल लक्षित भ्रामक सामग्री प्रशारणप्रति फोनिजको आपत्ति

तामसालिङ खबर
२६ असार २०७७, शुक्रबार १४:४५

असार, काठमाडौं – नेपाल र नेपालीको आत्मसम्मानमा आघात पुर्याउने अभिप्रायाले भारतीय सञ्चार माध्यमबाट भ्रामक सामग्री प्रशारण हुँदै आएको भन्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले भर्त्सना गरेको छ ।

पछिल्लो पटक भारतीय टेलिभिजन जी न्यूजले प्रधानमन्त्री केपीशर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर प्रशारण गरेको सामग्री प्रति आपत्ति जनाउँदै फोनिले भर्त्सना गरेको हो ।

फोनिजका संगठन सचिव मिलन लिम्बूद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘सार्वभौमसत्ता सम्पन्न राष्ट्र नेपालको अस्तित्व र आत्म सम्मानमा गम्भीर आघात पुर्याउने अभिप्रायले भारतीय सञ्चार माध्यमबाट भ्रामक सामग्री प्रसारण भएको र हुँदै आएको ठहर गर्दै फोनिज यस्ता कार्यको भर्त्सना गर्दछ ।’

नेपाललाई जोडेर भारतीय सञ्चार माध्यमबाट हुँदै आएको गलत प्रचार निन्दनीय र आपत्तिजनक रहेको भन्दै पछिल्लो पटक प्रधानमन्त्री ओली र नेपालका लागि चिनियाँ राजदूतसँग सम्बन्धित आक्षेपपूर्ण समाचार प्रशारण हुनु त्यसैको निरन्तरता रहेको र उक्त कार्य प्रेसको विश्वव्यापी मान्यता विपरित रहेको फोनिजद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

साथै, भारतीय सञ्चार माध्यमको यस्तो गतिविधिले दुई देशको सम्बन्धमा झनै संकट उत्पन्न हुने उल्लेख छ । विज्ञप्तीमा भनिएको छः ‘दुई देशबीच कूटनीतिक तहबाट समाधान खोजिनुपर्ने धेरै विषय छन् । तर, भारतीय सञ्चारमाध्यमबाट हुँदै आएको यस्ता गतिविधिले दुई देशको सम्बन्धमा सकारात्मक सञ्चार प्रवाह हुन सक्दैन ।’

भारतीय सञ्चार माध्यममो गतिविधि निन्दनीय रहेको भन्दै फोनिजले कूटनीतिक माध्यमबाट खण्डन गर्न नेपाल सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*