नारायणी नदीमा जल सतहले सतर्कता तह नाघ्यो
असार, चितवन – लगातारको वर्षातका कारण नारायणी नदीमा जल सतहले सतर्कता तह नाघेको छ ।
शुक्रबार बिहान साढे ११ बजे जल सतह सतर्कता तहभन्दा माथि पुगेको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
महाशाखाका अनुसार नारायणी देवघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको हो । खतरा पुग्न सक्ने भएकोले चितवन र नवलपरासीको तल्लो तटीय क्षेत्रमा रातिसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले अग्रह गरेको छ ।






