मनहरी ५ मा सडक निर्माणको काम धमाधम हुँदै, भदौमा सडक पिच हुने (भिडियो सहित)
असार, हेटौडा (मनहरी) – मकवानपुरको मनहरी गाउपालिका वडा नम्बर ५ मा विभिन्न योजनाहरुको काम धमाधम भैरहेको छ ।
बागमती प्रदेशबाट १ करोड ५० लाख र मनहरी गाउपालिकाको तर्फबाट ५० लाख बजेटमा दर्दरा–बसन्तपुर–दिल्लिपुर सडक खण्डमा स्लाब ढलान देखि सडकको दायाबाया पर्खाल लगाउने काम भैरहेको छ । सो सडकको पिच भने भदौ देखि मात्र गर्ने भएको छ ।
एचडी मेघा कन्ट्रशनले १ करोड १० लाख बजेटमा लिएको सो योजनामा हालसम्म ३ सय मिटर स्लाब ढलान गरिसकेका छन । हाल सडकको दायाबाया ४५० मिटर लामो पर्खाल बनाउने, २५० मिटरको नाला बनाउदै गरेको छ ।
स्लाब र मेसिनरी पर्खालको काम अहिले गर्न सम्भब भयो, तर लगातार वर्षाको कारण सडक पिच गर्ने काम रोकेका छौ । सडक पिच गर्ने काम अब भदौको आधाआधिबाट शुरु गरि असोज मसान्त भित्र सम्पन्न गर्ने योजना रहेको स्थानीय युवा दिपेन्द्र अधिकारीले बताउनु भयो ।
हामी गाउकै युवाहरु मिलेर यो काम गरेका छौ, कोरोना भाइरसको कारण अन्य ठाउबाट काम गर्ने मान्छे ल्याउन नसकेको अबस्थामा गाउकै श्रमीक दाजुभाईलाई लिएर काम गरेका छौ । यो बन्दाबंदीको अवस्थामा सबैले काम गर्ने अवसर पाएको अधिकारीले बताउनु भयो ।
भिडियो हेर्नुहोस –

दिलबहादुर लामा




