बस्ती जोगाउन बसन्तपुर दिल्लीपुरको खहरेमा तटबन्धन
असार, मनहरी – मकवानपुरको मनहरी गाउपालिका वडा नम्बर ५ बसन्तपुर र दिल्लिपुरको खहरेमा तटबन्धन लगाउने काम सकेको छ ।
वर्षाको समयमा सो खहरे क्षेत्रका बासिन्दाले भोग्दै आएको समस्यालाई मध्ये नजर गरि नारायणी नदि ब्यबस्थापन आयोजनाबाट प्राप्त बजेटले तटबन्धन लगाउने योजना पुरा भएको हो ।
आयोजनाबाट प्राप्त कुल ७७ लाख बजेट निर्माण गरिएको तटबन्धन खहरेको एक पट्टी १ सय ८६ मिटर र अर्को तर्फ १ सय ८६ गरि कुल ३ सय ७२ मिटर लामो रहेको राप्ती सुकौरा खहरे तटबन्धन उभोक्ता समितिको अध्यक्ष रामप्रसाद कलाखेतीले बताउनु भयो ।
यो तटबन्धन गरेपछि सयौ बिगाह जमिन सुरक्षित भएको र ५० भन्दा बढी घरदुरी लाभान्वित भएको समितिको अध्यक्ष कालाखेतीले बताउनु भयो । आगामी वर्ष पनि तटबन्धनको कामलाई निरन्तर दिने आयोजनाले बताएको छ ।






