विदेशमा अलपत्र नेपाली ल्याउन असार ३१ देखि तेस्रो चरणको उडान हुने

ताम्सालिङ खबर
२९ असार २०७७, सोमबार ०६:४२

असार, काठमाडौँ – विदेशमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश फिर्ता ल्यौं सरकारले तेस्रोपटक एक साताका लागि उडान तालिका थपेको छ । सरकारले बुधबारदेखि ६ वटा मुलुकबाट ४२ वटा उद्धार उडान गर्ने भएको हो ।

असार ३१ देखि सुरु हुने उद्धार उडान साउन ६ गते मंगलबारसम्म सञ्चालन हुने भएको छ । सीसीएमसीले सार्वजनिक गरेको तालिका अनुसार युएईको दुबई, सारजाह र अबुधाबी, साउदी अरबको दमाम र रियाद, कुबेत, कतार, बहराइन र मेलेसियाबाट नेपाली नागरिकलाई उद्धार गरिने छ ।

कोभिड–१९ का कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीलाई उद्धार उडानमार्फत जेठ ३२ गतेदेखि थालिएको स्वदेश फर्काउने सरकारको अभियानको असार २८ गते अर्थात आज अन्तिम दिन हो ।

तेस्रो चरणको उद्धार उडान सुरु हुनअघि सरकारले दुई दिन उडान रोकेको छ । यो दुई दिन सरकारले उद्धार उडानमा भएका कमी कमजोरीमा समीक्षा गर्ने जनाएको छ ।

सीसीएमसीले आगामी असार ३१ गतेदेखि ६ वटा मुलुकका १० वटा विमानस्थलबाट नेपाल वायुसेवा निगमले १६, हिमालय एयरलायन्सले १६ वटा गरी ३२ वटा उडान गर्ने अनुमति दिएको छ ।

त्यस्तै विदेशी वायुसेवा कम्पनी अर्न्तगत यसपटक एयर अरेबियाले २ उडान, फ्लाई–दुबईले २ उडान र मेलेसियाको मालिन्दो एयरले ४ वटा उडान अनुमति पाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*