बागमती प्रदेशमा तामाङ र नेपाल भाषाको मिडियालाई प्रोत्साहन गरिने
जेठ, हेटौडा – बागमती प्रदेश सरकारले नीति तथा कार्यक्रम मार्फत आगामी आर्थिक वर्ष बागमती प्रदेशमा सञ्चालन हुने तामाङ तथा नेपाल भाषाको मिडियालाई प्रोत्सहान गर्ने घोषणा गरेको छ ।
बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाँईले उक्त घोषणा गरेका हुन् । यसैगरी मर्जर हुन चाहने मिडियालाइ समेत प्रोत्साहन गर्ने नीति अवलम्बन गर्ने बताईएको छ ।






