रेडियो नेपालकाे कार्यकारी निर्देशकमा बुद्धि बहादुर केसी नियुक्त

तामसालिङ खबर
१२ श्रावण २०७७, सोमबार १८:१९

साउन, काठमाडौं – रेडियो नेपालको कार्यकारी निर्देशकमा बुद्धि बहादुर केसी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

गत असार १३ गते गोरखापत्र दैनिकमा प्रकाशन गरिएको १५ दिने सूचनामा अहिले आधा दर्जनले दाबी गर्दै आवेदन गरेका थिए । आवदेन आएपछि केसीलाई मन्त्रिपरिषदले नियुक्ति दिएको हो ।

अन्तिम मिति (आइतबार)सम्म दिपक पाठक, सन्तोष पौडेल, लक्ष्मण हुमागाई, अशोक बास्कोटा, बुद्धि बहादुर केसी र अच्युतम पोखरेलले दरखास्त दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*