एनआरएनएद्वारा दुई लाखको साहित्य पुरस्कार स्थापना

साउन – गैरआवासीय नेपाली संघले अन्तर्राष्ट्रिय साहित्य पुरस्कार स्थापना गरेको छ । पुरस्कारको राशि दुई लाख रहेको छ । संघको नेपाली भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिले पुरस्कारका लागि आवश्यक प्रक्रिया अघि बढाउने भएको छ । समितिले पुरस्कारका लागि आवश्यक कार्यविधि निर्माण गर्ने समितिका सञ्चार संयोजक गौतम दाहालले जानकारी दिनुभयो ।
प्रत्येक दुई वर्षमा गैरआवासीय नेपालीले प्रकाशन गरेको कृतिमध्ये उत्कृष्ट कृतिमा छनोट हुने कृतिका रचनाकारलाई स्वर्ण पदक सहित पुरस्कार प्रदान गरिने दाहालले बताए । साथै समितिले भानुभक्त आचार्यको जन्मजयन्ती पर्ने असार २९ लाई अन्तर्राष्ट्रिय नेपाली भाषा दिवसको रूपमा मनाउन विश्वभर रहने नेपालीमा आग्रह समेत गरेको छ ।