हेटौंडाको बिजुलीको मिटर मोबाइलबाटै जाच्न सकिने

तामसालिङ खबर
७ श्रावण २०७७, बुधबार १३:०४

साउन, हेटौडा – अब हेटौंडामा मोबाइलबाटै बिजुलीको मिटर जाच्न सकिने भएको छ । बिद्युत प्रधिकरण हेटौंडा वितरण केन्द्रको मोबाइल एप मार्फत आफैले मिटर जांच गर्न सकिने भएको हो ।

nea hetauda dc मोबाइल एप निर्माण गरिएको प्राधिकरण हेटौंडा वितरण केन्द्रका प्रमुख योगेन्द्र ठाकुरले बताउनु भयो ।

मोबाइल एपमा गई बिजुलीको बिल भुक्तानी, मिटर जांच (अनलाईन रिडिङ), समस्या गुनासा, जिल्लाका फयुज साखाहरुका बिवरण लगायतका सेवा उपलब्ध रहेको बिद्युत प्राधिकरण हेटौंडाले जनाएको छ ।

प्राधिकरणको एप डाउनलोड गर्नका लागि अन्ड्रोएड् फोनको प्ले स्टोरमा जानुपर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*