परेवाभिरबाट बाटो बनाउन नसकिने मुख्यमन्त्री पौडेलको भनाई

तामसालिङ खबर
७ श्रावण २०७७, बुधबार ११:०३

साउन, हेटौडा (राक्सिराङ) – पछिल्लो समय निकै चर्चामा रहेको परेवाभिरबाट बाटो बनाउन नसकिने बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले बताए।

सडक निर्माण हुनै नसक्ने ठाउँबाट सडक बनाउछु भन्नु राम्रो नहुने भन्दै सडक निर्माण हुने तर परेवा भिरको आसपास या पारिबाट निर्माण गरिने बताए । हेटौँडामा भएको एक कार्यक्रममा बोल्दै उनले परेवा भिरबाट बाटो बन्न संभव नभएको बताएको हो ।

परेवा भिरको विकल्पको रुपमा प्रदेश सरकारले उक्त क्षेत्रको अनुगमन तथा अनुसन्धान समेत गरिसकेको जानकारी गराउदै मुख्यमन्त्री पौडेलले परेवा भिरलाई छलेर बाटो निर्माण गरिने बताए ।

प्रदेश सरकारले पनि सडक निर्माणलाई प्राथमिकता दिएर आफ्नो गतिविधिलाई सञ्चालन गरिरहेको उल्लेख गर्दै उनले परेवा भिरबाट हिडनु पर्ने वाध्यतालाई प्रदेश सरकारको ध्यानाकर्षण भएको उल्लेख गर्दै अब उक्त क्षेत्रमा छिट्टै सडक निर्माण हुने समेत बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*