जोर–विजोर प्रणाली लागु गर्ने सरकारी तयारी

तामसालिङ खबर
२० श्रावण २०७७, मंगलवार ११:५६

साउन, काठमाडौं – कोरोना भाइरस संक्रमणको गति तीव्र बने संगै सरकारले काठमाडौं उपत्यका सहित केही जिल्लामा निजी सहित सार्वजनिक सवारीमा पुनः जोर बिजोर प्रणाली लागु गर्ने तयारी गरेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) सहित स्वास्थ्य क्षेत्रका विज्ञसँग आज प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो अवस्था र कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्दैछन् । सोमबार काठमाडौं उपत्यकामा मात्रै ५१ जनामा संक्रमण देखिएपछि प्रधानमन्त्रीले अब कसरी अघि बढ्ने भन्नेबारे छलफल गर्न लागेका हुन् ।

सिसिएमसीका एक सदस्यका अनुसार सिसिएमसीको बैठकमा संक्रमण बढ्दै गएको वर्तमान अवस्थामा अति आवश्यक क्षेत्र बाहेकका सबैलाई बन्द गरेर निजी तथा सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली लागू गर्ने विषयमा छलफल भइरहेको छ ।

सरकारले पछिल्लो पटक संक्रमणको गतिको अवस्था हेरेर आवश्यक निर्णय गर्ने अधिकार जिल्लामा रहेका कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) लाई समेत अधिकार दिएको छ । सोहीअनुसार कतिपय जिल्लामा निषेधाज्ञासमेत लागु गरिएका छन ।

सरकारले लकडाउनलाई खुकुलो गरेसँगै गत २६ असारबाट निजी सवारी साधनमाथि लगाइएको जोर बिजोर प्रणाली हटाइएको थियो । सरकारले १ भदौबाट लामो दुरीको सवारीसमेत सञ्चालन गर्ने निर्णय गरिसकेको छ । तर, जोखिम दिनदिनै बढ्दै जाँदा लामो दुरीका सवारी सुचारु गर्ने विषयमा समेत सरकार पछि हट्ने सम्भावना बढेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*