क्यान्सर पीडित बिष्णु तामाङलाई आर्थिक सहयोग
साउन, काठमण्डौ – क्यान्सर पीडित बिष्णु तामाङलाई आर्थिक सहयोग गरेको छ । चौरी देउराली गाउँपालिका वडा न १ का युवाहरूको पहलमा सङ्कलन गरेको एक लाख छब्बिस हजार आठ सय असी रुपैयाँ सहयोग गरेको हो ।
उक्त रकम चौरी देउराली गाउँपालिका वडा नं १ का अध्यक्ष राजु आले तामाङले हस्तान्तरण गरेको हो । कार्यक्रम तामाङ कुदाप एन्ड सेलो घर को हालमा सम्पन्न भएको हो ।
तामाङ घरका अध्यक्षले आफ्नोे दुइ महिनाको तलब रकम समेत हस्तान्तरण गरेका थिए ।






