हेटौडा १५ का वडाअध्यक्ष लामालाई पितृशोक
साउन, हेटौडा – हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष महारत्न लामालाई पितृशोक परेको छ ।
केहि महिनादेखि ढाँड दुख्ने, सुगर, प्रेसरबाट बिरामी रही उपचाररत रहेको ८७ वर्षीय रत्नबहादुर लामा (तितुङ) को मंगलबार बिहान निधन भएको हो ।
मृतक लामा स्थानिय नेमा होइस्हेर गुम्बाको प्रमुख लामा समेत रहेका थिए । मृतकको बुधबार बिहान ९ बजे शव यात्रासहित कर्रा छ्योर्तेन स्थित तटमा बौद्ध संस्कार अनुसार अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।






