मदन पुरस्कारका लागि छानिए यी ७ पुस्तक

साउन, काठमाडौं – मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०७६ का लागि छनौट भएका ७ पुस्तकहरूको सूची सार्वजनिक गरेको छ ।
गुठीका अध्यक्ष कुन्द दीक्षितले बुधबार एक विज्ञप्ति जारी गर्दै २०७६ मा प्रकाशित कुल १५१ पुस्तकमध्येबाट सात पुस्तकहरूको सूची सार्वजनिक गरेको उल्लेख गरेका छन ।
१० पुस्तकहरूको श्रेष्ठ सूची तयार गर्न गठन भएको समितिले सात पुस्तकहरूको सूची गुठीलाई उपलब्ध गराएको छ । छनौटमा परेका ७ पुस्तकहरू मध्ये एउटा पुस्तकलाई वर्ष २०७६ को मदन पुरस्कार अर्पण गरिने विज्ञप्तिमा उल्लेख छ ।
छनौटमा परेका यी ७ पुस्तक :
१. जोकरको बन्दुक (विमल निभा)
२. धर्सैधर्साको चक्रव्यूह (तीर्थ श्रेष्ठ)
३. परित्यक्ता (भुवन ढुङ्गाना)
४. महारसनिघण्टु (खण्ड १ – ३) (योगी धर्ममहारस)
५. महारानी (चन्द्रप्रकाश बानियाँ)
६. मोहपथ (ललित बिष्ट)
७. यात्रामा (शारदा शर्मा)