बागमती प्रदेश प्रमुख कार्यालयका सचिवलाई कोरोना पुष्टी
साउन, हेटौडा – बागमती प्रदेशको प्रदेश प्रमुख कार्यालयका सचिवलाई कोरोना पुष्टि भएको छ । ज्वरो आउने र घाँटी दुख्ने समस्या भएपछि कोरोना परीक्षणका लागि स्वाब नमूना संकलन गरिएको थियो ।
हेटौंडास्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरीएको परिक्षणमा शुक्रबार प्राप्त रिपोर्ट अनुसार उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो । सचिव परिवार सहित हेटौंडामै सुरक्षित ढंगले बसेका छन ।






