ढुङ्गाखानीमा पहिरो खस्दा एकको मृत्यु

तामसालिङ खबर
३० श्रावण २०७७, शुक्रबार ११:४९

साउन, थाहानगर – उत्तरी मकवानपुरको थाहा नगरपालिका १२ टिष्टुङ गैरीगाउँमा रहेको एक ढुङ्गाखानीमा बिहिबार राति पहिरो जाँदा ४ सवारीसाधन पुरिनुका साथै एकजना वेपत्ता भएका छन ।

पहिरोका कारण ढुङ्गाखानीमा काम गर्ने अन्दाजी ५४ बर्षीय कालु मोक्तान वेपत्ता भएको र नम्बरको नखुलेको ३ वटा टिपर र एउटा एक्साभेटर पहिरोमा पुरिएको ईलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

पहिरो पन्छयाउने र वेपत्ता भएकाको खोजीकार्य भइरहेकोे प्रहरीले जनाए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*