पर्साका नयाँ सिडिओ तामाङ

तामसालिङ खबर
३० श्रावण २०७७, शुक्रबार ११:२५

साउन, बिरगंज – पछिल्लो समय कोरोनाभाइरसको ‘हटस्पट’ बनेको पर्सामा प्रमुख जिल्ला अधिकारी (सिडिओ)को रुपमा अस्मान तामाङ आइपुगेका छन् ।

गृह मन्त्रालयले सहसचिव अस्मान तामाङलाई पर्साको नयाँ सिडिओ बनाएर पठाएको छ । यसअघि मन्त्रालयले पर्साका सिडओ विष्णुकुमार कार्की र सहायक सिडिओ ललितकुमार बस्नेतलाई सरूवा गरेको थियो ।

कार्कीलाई गृह मन्त्रालयमा र बस्नेतलाई ललितपुरको सहायक प्रजिअका रूपमा सरूवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*