भदौ ९ गतेसम्म मनहरी गाउँपालिका बन्द हुने
साउन, हेटौडा (मनहरी) – पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाले आगामी भदौ ९ गतेसम्म मनहरी गाउँपालिका भित्रका सबै पसल तथा व्यवसाय बन्द गर्न निर्देशन गरेको छ ।
गाउँपालिकास्तरीय विपद् व्यवस्थापन समितिको शनिबार बसेको बैठकले स्वास्थ्य सेवा प्रबाह गर्ने बाहेक सबै पसलहरु बन्द गर्न भनेको हो ।
निषेधाज्ञाका बेला हिँडडुल गरेमा वा व्यापार गरेको पाइएमा सरुवा रोग नियन्त्रण ऐन बमोजिम कारबाही अघि बढाउने निर्णय समितिले गरेको छ ।
त्यस्तै, मर्निङ वाक लगायत गतिविधिहरुमा पनि समितिले रोक लगाएको र अटेर गरेमा कारबाही गरिने अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभयो ।






