आज २६ औं तामाङ प्रसारण दिवस, कोरोनाको कारण औपचारिक कार्यक्रम स्थगित

तामसालिङ खबर
१ भाद्र २०७७, सोमबार ०७:४६

भदौ, हेटौडा – आज २६ औं तामाङ प्रसारण दिवस, बिक्रम सम्बत २०५१ सालको भदौ १ गते रेडियो नेपालमा पहिलो पटक तामाङ भाषामा समाचार प्रसारण भएको दिनको सम्झना गर्दै तामाङ प्रसारण दिवस मनाउदै आइरहेको छ ।

यसपटक भने, विश्वब्यापी फैलिरहेको कोरोना भाइरसको महामारीको कारण औपचारिक कार्यक्रमहरु स्थगित गरेको छ । तामाङ पत्रकारहरुको छाता संगठन तामाङ पत्रकार संघ केन्द्रीय कार्यसमिति र जिल्ला शाखाहरुलाई भच्र्युअल मार्फत शुभकामना आदानप्रदान गर्न अनुरोध गरिएको छ ।

संघका केन्द्रीय अध्यक्ष विष्णु मोक्तानले उपत्यका लगायत मुलुकभर कोरोना सङक्रमण दर उच्च बन्दै गएकोले बढ्दो जोखिमलाई ध्यानमा राखी औपचारिक कार्यक्रम स्थगित गरिएको बताउनु भयो ।

२६ बर्ष अगाडि रेडियो नेपालको क्षेत्रीय प्रसारणबाट तामाङ भाषामा समाचार प्रसारण भएको थियो । २०५१ साल भाद्र १ गते बेलुकी ४ बजेर ५ मिनेट जाँदा भाषाविद् अमृत योन्जन र ध्यानबहादुर मोक्तानको सम्पादनमा तयार भएको समाचार रमिता लामाले ‘चु रेडियो नेपाल हिन्ला दाम साङ्ग्युर सान्स्ह्युगो…’ बाट थालनी भएको हो । सोही दिनदेखि भदौ १ गते तामाङ प्रसारण दिवस मानिदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*