एसइई परिक्षाको नतिजा सार्वजानिक

ताम्सालिङ खबर
१ भाद्र २०७७, सोमबार १९:१०

भदौ, काठमाडौं – शैक्षिक सत्र २०७६ को माध्यमिक शिक्षा परीक्षा(एसइई) परिक्षाको परीक्षाफल राष्ट्रिय परीक्षा बोर्डले सोमबार प्रकाशित गरेको छ ।

सोमबार अपरान्ह बसेको बोर्डको बैठकले परीक्षाफल प्रमाणीकरण गरेपछि प्रकाशित गरिएको परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिनुभयो ।

गत ६ चैतका लागि निर्धारित एसईई कोरोना भाइरसका कारण अन्तिम समयमा स्थगित भएको थियो । परीक्षा नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गरीएको हो । मूल्यांकन फरक भए पनि गतवर्ष झैं नतिजा सार्वजनिक गरीएको हो ।

विद्यालयहरूले विद्यार्थीको मूल्यांकन गरेर जिल्ला समन्वय ईकाई मार्फत बोर्डमा पठाएका थिए । शैक्षिक सत्र २०७६ मा देशभर एसईई परीक्षाका लागि ४ लाख ८२ हजार २ सय १९ जना विद्यार्थीले आवेदन फर्म भरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*