प्रहरीमाथि धारिलो हतियार प्रहार गर्ने ३ जना पक्राउ
भदौ, हेटौंडा – गएराति हेटौंडा उपमहानरपालिका वडा नंबर ६ को गौरिटारमा प्रहरी माथि धारिलो हतियार आक्रमण गर्ने ३ जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानरपालिका वडा नंबर ६ का २६ वर्षीय भक्तराम राउत,१६ वर्षीय उत्सव गौतम र ५० वर्षीय नकुल विक रहेका छन् । पक्राउ पर्नेहरु लागूऔषध सेवनकर्ता रहेको बताईएको छ ।
घटनामा घाईते भएका ईलाका प्रहरी कार्यलयका चौघडाका प्रहरी सहायक निरीक्षक डम्बर बहादुर केसिको उपचार भरतपुर अस्पतालमा भईरहेको प्रहरी जनाएको छ ।






