राष्ट्रिय झन्डा जलाउनेलाई कारबाहीको माग गर्दै लामा र बोगटीले दिए निवेदन

तामसालिङ खबर
२ भाद्र २०७७, मंगलवार १५:५८

भदौ, हेटौंडा – हालै सार्वजनिक भएको ‘देशद्रोही’ म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाउने कार्यमा संलग्नलाई पक्राउ गरि कडा कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा हेटौंडाका दिनेश लामा र राजाराम बोगटीले निवेदन दिएका छन् ।

सो म्युजिक भिडियोले राष्ट्रिय अखण्डामाथि प्रहार गरेको तथा जातीय भेदभाव बढाउने कार्य गरिएको भन्दै लामा र बोगटीले मंगलबार दिउँसो संयुक्त निवेदन दिएका हुन् ।

निवेदनमा उनिहरुले भिडियोमा देखिएका सम्पूर्ण व्यक्तिहरुलाई कानुनी दायरामा ल्याई कारबाही गर्न माग गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*