राष्ट्रिय झण्डा जलाएको भिडियोका गायकसहित ९ जना पक्राउ

तामसालिङ खबर
३ भाद्र २०७७, बुधबार १२:२८

भदौ, हेटौंडा – नेपालको राष्ट्रिय झण्डा जलाएको ‘देशद्रोही’ म्युजिक भिडियोका गायक सहित ९ जना पक्राउ परेका छन् ।

राष्ट्रिय अखण्डामाथि प्रहार गरेको तथा जातीय भेदभाव बढाउने भिडियोका गायक ग्लाजेन दोर्जे तामाङलाई कीर्तिपुरबाट पक्राउ गरेको हो । तामाङलाई केन्द्रीय अनुसन्धान ब्‍युरो सीआईबीको टोलीले पक्राउ गरेको हो ।

राष्ट्रिय झण्डा जलाएको गीत सहितको भिडियो मंगोल ग्याल्जली एन्ड एटीएमको शब्द तथा स्वर रहेको र्‍याप मंगोल होप अफिसियल नामक युटुव च्यानलमार्फत सार्वजनिक गरिएको थियो । गायकसँगै ९ जना पनि पक्राउ परेका छन् ।

युट्युबमा सार्वजनिक भएको ‘देशद्रोही’बोलको गीत र भिडियोको चौतर्फी विरोध भएको थियो । गीतलाई ग्याल्जेन दोर्जे तामाङ ‘मंगोल ग्याल्जी’ले गाएका छन् ।

भिडियोमा नेपालका पूर्वराजा पृथ्वीनारायण शाह तथा ज्ञानेन्द्र शाह यसैगरि नेपालका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली,पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगाएतको तस्विर जलाईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*