ईन्द्रसरोवर गाउँपालिका १२ गते सम्म बन्द, अत्यावश्यक सेवा मात्र खुल्ला

तामसालिङ खबर
३ भाद्र २०७७, बुधबार १२:४८

भदौ, हेटौंडा(ईन्द्रसरोवर) – मकवानपुरको उत्तरी क्षेत्र ईन्द्रसरोवर गाउँपालिकामा कोरोना संक्रमण फैलन नदिन अत्यावश्यक सेवा बाहेक भदौ १२ गते सम्म बन्द गर्ने निर्णय गरेको छ ।

ईन्द्रसरोवर गाउँपालिकाले परीक्षण बढाउन र कन्ट्याक्ट ट्रेसिङ कार्यलाई प्रभावकारी बनाउन अत्यावश्यक सेवाहरु बिहान ६ बजेदेखि ९ बजेभित्र र बेलुका ४ बजेदेखि ७ बजेभित्र उपलब्ध गराउन सम्पूर्ण व्यवसायी, जनप्रतिनिधी, ईन्द्रसरोवर गाउँबासीहरुलाई अनुरोध गरेको छ ।

गाउँपालिकाबाट अत्यावश्यक सेवा मात्र प्रवाह हुने भएकोले कसैलाई कोरोनाको शंका लागेमा नजिकैको स्वास्थ्य संस्थामा अथवा वडा कार्यालयमा सम्पर्क गर्न भनिएको छ ।

दमकल, एम्बुलेन्स, औषधी पसल, अनुमति प्राप्त सवारी साधन भने सञ्चालन गर्न पाइने गाउँपालिकाले जनाएको छ । त्यस्तै दुध डेरी, तरकारी पसल, फलफुल पसल, खाद्यान्न पसल, ग्याँस तथा डिपो लगायत अत्यावश्यक सेवा प्रवाह गर्ने बैंक भने सुरक्षाको मापदण्ड अपनाएर सञ्चालन गर्न सकिने भएको छ ।

ईन्द्रसरोवर गाउँपालिकामा भदौ १२ गतेसम्म सभा, सम्मेलन, गोष्ठि, धार्मिक, सामाजिक तथा सांस्कृतिक कार्यक्रम गर्न रोक लगाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*