लिदीका पहिरो पीडितका लागि तामाङ समाजको आर्थिक सहयोग

तामसालिङ खबर
४ भाद्र २०७७, बिहीबार १२:५५

भदौ, काठमाडौं – सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका-२ लिदीका पहिरो पीडितका लागि तामाङ समाज नेपालले एक लाख पाँच हजार रुपैँया हस्तान्तरण गरिएको छ ।

तामाङ समाजको समन्वयमा नेपाल प्रवासी तामाङ समाज कतारको आर्थिक सहयोगमा जुगल गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङलाई एक लाख रुपैँया हस्तान्तरण गरिएको हो ।

त्यस्तै, पहिरो पीडितका लागि सहयोग रकम हस्तान्तरण कार्यक्रममा सगु प्रोडक्शनले समेत पाँच हजार रुपैँया सहयोग गरिएको थियो । अन्तर्राष्ट्रिय तामाङ परिषदका वरिष्ठ उपाध्यक्ष टासी लामा र सचिव रविन थिङ तामाङ लगायतको सहभागी रहेको थियो । कार्यक्रम समाज का अध्यक्ष रोशन दोङको अध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*