घरमा बसेर चाडपर्व मनाउन प्रशासनको अनुरोध
भदौ, हेटौंडा – मकवानपुरमा अझै कोरोना संक्रमणको जोखिम रहेको भन्दै यस वर्षको चाडपर्वहरु नजिकिने क्रम सुरु भएकोले
जिल्ला प्रशासन कार्यलय मकवानपुरले घरमै बसेर चाडपर्व मनाउन अनुरोध गरेको छ।
आफ्नै घरमा बसेर जनस्वास्थ्यको मापदण्ड पालना गरि आ-आफ्नो परिवारका सदस्यहरु मात्र संलग्न हुने गरि चाडपर्वहरु मनाउनका लागि अनुरोध गरिएको हो । दैनिकी नित्य पूजा बाहेक अन्य कुनै पनि गतिविधि संचालन नगर्न र नगराउन हुन अनुरोध गरिएको छ ।
कोरोना जोखिम न्युनिकरणको लागि हेटौंडा उपमहानरपालिका र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रमा निषेधज्ञा जारी भईरहेको र प्रभावकारी रुपमा पालना भइरहेको जनाईएको छ ।







