आज हरितालिका तिज, कोरोनाको कारण चहलपहल शुन्य

ताम्सालिङ खबर
५ भाद्र २०७७, शुक्रबार ०६:५१

भदौ, हेटौडा – आज हरितालिका तीज । हरेक वर्ष देशरभरका शिवालयहरुमा व्रतालु महिलाहरुको भीडभाड हुने तीज यो वर्ष भने सुनसान देखिएको छ । कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै सरकारले महामारी फैलन नदिन काठमाडौं उपत्यका लगायत विभिन्न जिल्ला तथा स्थानीय तहमा निषेधाज्ञा जारी गरेसँगै चहलपहल कम हुँदा तीज पनि सुनसान जस्तै भएको छ ।

विगतका वर्षहरुमा काठमाडौंस्थित पशुपतिनाथ परिसरमा महिला ब्रतालुहरुको ठुलै भीड देखिन्थ्यो । तर उपत्यकामा पनि निषेध आदेश जारी गरेसँगै अहिले पशुपतिनाथ मन्दिर परिसर सुनसान छ । त्यसो त लकडाउनकै समयमा पनि पशुपतिनाथ पुग्ने र मन्दिरबाहिर बाटै दर्शन गर्दै हिड्नेहरु पनि देख्न्थिे ।

सोमबारको व्रतमा पनि कतिपय महिलाहरुले पशुपतिको मुल गेट बाहिर नै पूजा गरे । तर निषेधाज्ञा जारी गरेपछि महिलाहरुले गेट बाहिरसम्म पनि पुग्न नपाउने भएका छन् । यस सँगै व्रतालु महिलाहरुले यस वर्ष घरमै बसेर पूजाआराधना गरी तीज मनाउन पशुपति क्षेत्र विकास कोषले अनुरोध गरेको छ ।

कोषका सदस्य सचीव डा. प्रदीप ढकाल भन्छन्, ‘निषेधाज्ञा लागु भइसकेको छ । भक्तजनहरु पशुपति आउनु हुन्छ भन्ने त कोषले कल्पना पनि गरेको छैन । त्यसकारण यसवर्ष कुनै पनि व्यवस्था गरेको छैन ।’ ढकालले भने, स्वास्थ्यभन्दा ठूलो केही नभएको र कोभिड १९ को महामारीबाट जोगिन घरमै सुरक्षित भएर तीज मनाउन सुझाव दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*